काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ३८ करोडले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/ ८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत (रु. २ खर्ब २२ अर्ब ३८ करोड) ले वृद्धि भई रु.७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.३ प्रतिशत (रु.१ खर्ब ४९ अर्ब ८४ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको थियो ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह

