काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमार्फत् निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत अर्थात् रु ६५ अर्ब ४ करोडले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत (रु.६५ अब ४ करोड) ले बढी रु.५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१ खर्ब २८ अर्व ४७ करोड (२.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूवाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूवाट निजी क्षेत्रमा प्रवाहित कजांमध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कजांको अंश ३७.४ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ ।
२०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर- कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत र वित्त विमा र अचल सम्पति क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कजांमध्ये मार्जिन प्रकृतिको कर्जा ३.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.४ प्रतिशत क्यास क्रेडिट कर्जा १.८ प्रतिशत, हायर पर्चेज कर्जा १.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.१ प्रतिशत र आवधिक कर्जा ०.९ प्रतिशतले वढेको छ भने अधिविकर्ष कजां ४.९ प्रतिशत र दृष्ट रिसिट (आयात) कर्जा २१ प्रतिशतले घटेको छ ।

