लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र  कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य २३५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यसैगरी, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना  हुँदा भाउ ८६०.९५ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९०४ रुपैयाँ थियो ।  समायोजित मूल्यलाई आधार मानेर मंगलबार  कारोबार खुला हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार