काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १०.१७ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
सानिमा रिलायन्स इन्स्योरेन्सको नगद लाभांश घोषणा

