छिमेक लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र करसहित १२.५० प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार