CLI

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य २ लाख ५९ हजार थियो ।

त्यसैगरी, चाँदी १७० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदीको मूल्य ३ हजार ८ सय ८५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News