कामना सेवा विकास बैकले गर्यो, स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द र कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र  सिम्लेलाई १-१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ का वडा अध्यक्ष इन्द्र गुरुङलाई तथा कमल गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १-१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा  बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए  ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार