काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा २०८२ पुस २४ बिहिबार बिहान १०:०० बजे आम्रपालि बैट, भाटभटेनी, नक्साल, काठमाडौं मा हुने भएको छ ।
साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ,आ.व.२०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरू पारित गर्ने, संचालक नियुक्तिको अनुमोदन गर्ने कार्यसुची रहेको छ ।
यसको साथै कम्पनीको हाल कायम चुक्ता पूंजी रु तीन अरब दुई करोड त्रियानब्ये लाख चौतिस हजार छ सय उनान्चालिस को ५ प्रतिशतका दरले हुन आउने पन्ध्र करोड चौध लाख छैसट्ठी हजार सात सय एकतिस र पैसा पन्चानब्बे) (नगद लाभांशमा लाग्ने कर समेत ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ

