काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

