काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित १५.२६ प्रतिशत नगद लाभांश गरी २०.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
सन नेपाल लाइफ इन्सुरेन्सको २० प्रतिशत लाभांश प्रस्ताव

