सुरु भयो नेकपा (एमाले) को मतगणणा

काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (इमाले) को १औं महाधिबेशनको नेतृत्व छनौटको लागि भएको मतदान सकिए पश्चात मग गणणा सुरु भएको छ । हिजो पुष २ गते ९ बजे सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएपश्चात मत गणणा सुरु गरिएको नेकपा( एमाले) निर्वाचन आयोगले बताएको छ ।

एमालेको महाधिबेशनमा  प्रतिनिधि  कुल मतदाता -२हजार २ सय ६३ रहेका थिए ।  जस मध्ये २ हजार २ सय २७ जना प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना महाधिबेशन प्रतिनिधि अर्थात मतदाता सहभागी बनेनन्

एमालेको महाधिबेशनमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले प्यानल बनाएर प्यानलगत प्रतिष्पर्धा गरेका थिए । केपीको प्यानलमा ;बर्तमान महासचिव शंकर पोखरेम महासचिवमा प्रतिस्पर्धी रहेका छन् भने सुरेन्द्र पाणडे ईश्वर प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका छन् । एमालेको नेतृत्वको अध्यक्षमा केपी ओली लगभग जित सुनिस्चित देखिए पनि महासचिवको भिडन्त रोचक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार