प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार