निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार