काठमाडौं । सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ । पोखरामा सिटी स्क्वायर ब्यान्क्वेट एण्ड रेस्टुरेन्ट, न्यूरोडमा कार्यक्रम आयोजना हुनेछ ।
तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरु, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ। एक्सचेन्ज अफरमा प्रोटोन इमास ७ को मुल्य रु.४६.९९ लाखबाट सुरु हुनेछ ।
प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो EV को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ।
यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

