CLI

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, यस्तो बन्यो पदाधिकारी टिम

काठमाडौं । गत मंसिर २७ गते भक्तपुरमा उद्घाटन समारोह सुरु भएको नेकपा (एमाले) को ११औं महाधिबेशनमा केपी ओली नेतृत्वको १७ जना पदाधिकारी बिजयी भएका छन् । भने इश्वर पोखरेल टिमबाट २ जना पदाधिकारीमा निर्बाचित भएका छन् ।  अध्यक्षमा केपी शर्मा ओली : १६६३ मत प्राप्त गरि बिजयी बने भने उनका प्रतिस्पर्धि इश्वर पोखरेलले ५६४ मत प्रापत गरेका छन ।

ओली समुहबाट उपाध्यक्षमा उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङ : १७३७, रघुजी पन्त : १२५८, रामबहादुर थापा (बादल): १५१६,विष्णुप्रसाद पौडेल : १६७५ निर्बाचित भएका छन्  । इश्वर प्यानलबाट एकल गोकर्ण राज विष्ट : १३६८, बिजेता बनेका छन। महासचिवमा ओली प्याललबाट शंकर पोखरेल : १२२८ ले मत ल्याउदै  सुरेन्द्रप्रसाद पाण्डेलाई हराएका छन् ।

उपमहासचिव पदमा योगेश भट्टराई : १३४८,रघुविर महासेठ : १३६८ र लेखराज भट्ट : १४५२ बिजयी बनेका छन् योगेश भट्टराफ इश्वर प्यानलबाट चुनाव लडेका थिए ।

सचिवमा महेश बस्नेत, पध्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल पाण्डे, राजन भट्टराई र भानुभक्त ढकाल निर्बाचित बएका छन् । सचिवमा निर्बाचित सम्पुर्ण ओली प्यानलका हुन्

नेतृत्व छनौटको लागि भएको मतदान सकिए पश्चात मत गणणा सुरु भएको हो  । हिजो पुष २ गते ९ बजे सुरु भएको मतदान आज बिहान ७ बजे सम्पन्न भएपश्चात मत गणणाना सुरु भएको थियो ।

एमालेको महाधिबेशनमा  प्रतिनिधि  कुल मतदाता -२हजार २ सय ६३ रहेका थिए ।  जस मध्ये २ हजार २ सय २७ जना प्रतिनिधिले मतदान गरेका थिए भने ३६ जना महाधिबेशन प्रतिनिधि अर्थात मतदाता सहभागी बनेका थिएनन।

एमालेको महाधिबेशनमा बर्तमान अध्यक्ष केपी शर्मा ओली र बरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले प्यानल बनाएर प्यानलगत प्रतिष्पर्धा गरेका थिए । केपीको प्यानलमा बर्तमान महासचिव शंकर पोखरेम महासचिवमा प्रतिस्पर्धी रहेका छन् भने सुरेन्द्र पाण्डे ईश्वर प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका थिए ।

 

 

 

 

 

 

Leave Your Comment

Related News