मंसिरमा ८२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्वमा पनि वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मंसिरमा घरजग्गा कारोबारमा बृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चालु आवको ४ महिनामा सबै भन्दा धेरै घरजग्गा कारोबार मंसिरमा भएको छ । मंसिरमा मात्र देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको । यो संख्या कात्तिक  महिनाको तुलनामा ८१.९१ प्रतिशतले बढेको हो । गत महिना २८ हजार ३८३  घरजग्गा कारोबार भएको थियो ।

यता घरजग्ग कारोबार बढेसँगै राजस्व पनि बढेको छ । मंसिरमा ५१ हजार ६३२ वटा घरजग्गा कारोबार हुँदा सरकारलाई ४ अर्ब ८४ करोड ८१  रूपैयाँ राजस्व तिरेको  छ। कात्तिकमा २  अर्ब ७४ करोड रूपैयाँ राजस्व तिरेको थियो। देशभरमा सबै भन्दा धेरै कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीमा भएको छ । कार्यालयमा १८ सय १२ वटा घरजग्गा करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार