CLI

जेनजी समूह भन्दै घेराउ गरे धितोपत्र बोर्ड

काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेनजीका एक समूह घेराउ गर्न पुगेका छन्। बोर्ड घेराउ गर्न पुगेका युवाहरुले बोर्डका कर्मचारीहरुलाई धम्की समेत दिएका अधिकारीहरु बताउँछन् ।

अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए।

करिब १० दिनअघि यही समूह २१ बुँदे माग राख्दै आएका समूह नै आज घेराउ गर्न आएको ती अधिकारीले बताए ।

बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठ भने बिहीबार कार्यालय आएका छैनन्।

समूहले रिलायन्स स्पिनिङ मिल्सलाई आइपिओ अनुमति दिएको विषयमा भष्ट्राचार भएको र यसको छानविन हुनुपर्ने, बैंकहरूले कुल कर्जाको कम्तीमा २० प्रतिशत सेयर धितो कर्जा दिन सक्ने व्यवस्था मिलाउनुपर्ने, ब्रोकर कमिसनको घटाउनुपर्ने लगायतका माग राखेका थिए।

सो समूहसँग कार्यकारी निर्देशक विनयदेव आचार्यसहित बोर्ड व्यवस्थापनले छलफल गरिरहेको छ।

 

Leave Your Comment

Related News