ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा

काठमाडौं । काठमाडौं । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।

यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।

यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।

एप्पलको म्याकबुकका विजेता–प्रान्तिका अधिकारी, श्रद्धा श्रेष्ठ र कृतज्ञ श्रेष्ठ
बेलायत, युरोप र अमेरिका जाने हवाइ टिकटका विजेता–सुशोभन चिमोरिया, अतिथी थापा र सन्दीप जमकट्टेल
अस्ट्रेलिया जाने हवाइ टिकटका विजेता–शिक्षा त्रिपाठी
पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आइइएलटिएसको प्रवद्र्धनका लागि सहयोग गरेवापत् तीन वटा साझेदारलाई आइप्याड प्रदान गरियो । उत्कृष्ट साझेदार निम्न अनुसार छन्ः
आरटीसी इङलिस
सुमेधा एजुकेसन नेटवर्क
द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी

पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भनिन् ‘आइइएलटिस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु । नेपालभर आइइएलटिसको पहुँच विस्तार गरिरहँदा हामीले क्षमतावृद्धि र उपलव्धता बढाउँदै परीक्षाका सहभागीका लागि उनीहरुको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेका छौं । साझेदारहरुसँगको बलियो सहकार्य र समन्वयबाट हामी प्रेरित भएका छौं ।’ साझेदारहरुले आइइएलटिएसको परीक्षामा सहभागी हुने विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरिय मूल्याङ्कनका लागि हामीलाई निरन्तर सहयोग गरिरहेका छन् ।

आइइएलटिएसबारे

अन्र्तराष्ट्रिय अंग्रेजी भाषा परीक्षण प्रणाली (आइइएलटिएस) उच्च शिक्षा र विश्वव्यापी आप्रवासनका लागि विश्वको सबैभन्दा लोकप्रिय अंग्रेजी भाषाको दक्षता जाँच गर्ने प्रणाली हो । विश्वव्यापी रुपमा १३ हजार भन्दा बढी संस्थाले यसलाई मान्यता दिने गरेका छन् । आइइएलटिसलाई मान्यता दिने संस्थाभित्र शैक्षिक संस्था, रोजगारदाता, सरकारी र व्यवसायिक निकाय लगायत छन् । आइइएलटिसलाई ब्रिटिस काउन्सिल र आइडीपीले संयुक्त रुपमा सञ्चालन गरिरहेका छन् ।

ब्रिटिस काउन्सिलबारे

ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक र शैक्षिक गतिविधिका लागि क्रियाशील अन्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछौं । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्छौं । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल ६०० मिलियन व्यक्तिसमक्ष पुुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार