काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक दिउँसो १ः०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्ने तय भएको हो ।
हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन् । यो बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

