तनहुँ हाइड्रोपावरको साधारणसभा आह्वान, के के जन एजेण्डा ? 

काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनको पुसर ३ गते बसेको सञ्चालक समितिको बैठकले यहि पुस २७ गतेका लागि १३ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा पुस २७ गते नेपाल विद्युत प्राधिकरणको कार्यालय दरबारमार्ग काठमाडौंमा अपरान्ह ४ बजेदेखि सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित सोही आर्थिक वर्षको वित्तीय विवरणहरु वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरि पारित गर्ने, चालु आवको लेखापरीक्षक नियुक्ति सम्बन्धमा र कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताब पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार