काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र करतिर्न ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।


