CLI

धितोपत्र बोर्डद्वारा रिलायन्स स्पीनिङ मिल्सकाे आईपीओ निष्काशन प्रक्रियाको निष्पक्ष छानविनका लागि समिति गठन

काठमाडौं ।  रिलायन्स स्पीनिङ मिल्सको सेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने सम्बन्धमा भएका काम कारवाहीका सम्बन्धमा निष्पक्ष छानविन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले समिति गठन गरेको छ। बोर्डले बिनोद कुमार भट्टराईको संयोजकत्वमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्यसहितको एक समिति ठन गरेको हो। समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। समितिले आवश्यकता अनुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने गरी समिति गठन गरिएको बोर्डले जनाएको छ।

अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले कम्पनीको शेयर निष्काशन प्रक्रियाका सन्दर्भमा प्रश्न उठाउँदै छानविन गर्न हिजाे नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थियाे।

Leave Your Comment

Related News