CLI

१ अर्बको सिटिजन्स सन्तुलित योजनामा लगानीको अवसर, औसत १४ प्रतिशत प्रतिफलको अनुमान

काठमाडौं ।सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ आकारको यस योजनालाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो।

योजनाको इकाई खरिदका लागि पुस ४ गतेदेखि छिटोमा पुस ८ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ। सिटिजन्स सन्तुलित योजनाले शेयर तथा डिबेन्चरमा लगानी गरी नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने लक्ष्य लिएको छ।

हाल नेप्से परिसूचक तल्लो तहमा रहेकाले दीर्घकालीन लगानीकर्ताले यस योजनाबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्ने सम्भावना रहेको क्यापिटलले जनाएको छ। वित्तीय प्रक्षेपण अनुसार योजनाको औसत वार्षिक प्रतिफल करिब १४ प्रतिशत रहने अनुमान गरिएको छ।

योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। प्रति इकाई १० रुपैयाँका दरले न्यूनतम लगानी रकम १ हजार रुपैयाँ र अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले ‘मेरो शेयर’ खाता मार्फत वा सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्।

सिटिजन्स क्यापिटल लिमिटेडले यसअघि पनि राम्रो प्रतिफल दिन सफल म्युचुअल फण्ड व्यवस्थापन गर्दै आएको बताउँदै व्यक्तिगत लगानीकर्तालाई १ हजारदेखि २ लाख इकाईसम्म आवेदन दिन सुझाव दिएको छ भने संस्थागत लगानीकर्तालाई सम्भव भएसम्म बढी इकाईका लागि आवेदन दिन आग्रह गरेको छ।

Leave Your Comment

Related News