युरोपियन देशमा पनि सहज रुपमा कामदार पठाउन पाउनु पर्ने माग

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अघ्यक्ष भुवनसिंह गुरुङले युरोपियन देशहरुमा पनि सहज तरिकाले कामदार पठाउन पाउनु पर्ने माग राखेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा बोल्दै उनले अहिले खाडी मुलकहरु जस्तै साउदी अरब, कतार, युएई जस्ता देशहरुमा मात्र कामदार पढाइने गरिएको तर युरोपमा पनि माग रहेको बताए ।

उनले भने, ‘युरोपमा कामदारको माग छ, तर त्यहाँ प्रमाणिकरण नै हुँदैन । बरु त्यता लाग्ने कि । यस्तो हुने हो भने हाम्रो कामदारहरुले पनि राम्रो तबल पाउने थिए र देशलाई पनि राजश्व बढ्ने थियो ।’ उनले अहिले दुबई जाँदा कामदारहुरलाई १४ हजार ५०० आर्थिक बोझ बढेको बताए । ‘पुलिस रिपोर्ट बनाएपछि त्यसको जिम्मा त सरकार बसेको हुन्छ । अन आवश्यक रुपमा त्यो पुलिस रुपोर्टबाट पनि आर्थिक भार बढेको छ । त्यो पनि एकदमै तगारो छ । जिटको लाइसेन्स नवीकरण गर्ने भनेर १२५ व्यवसायले विभागमा रकम बुझाएका छन् । त्यो नवीकरण भएको छैन, खारेज पनि भएको छैन । यस्तो विषमा सरकारले सहज गरिनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार