वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत बढाइएको शुल्क फिर्ता गर्दै पुरानै दर कायम गरेका हुन्। यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो। तर, उक्त निर्णयले गरिब तथा विपन्न वर्गका श्रमिकमाथि अतिरिक्त आर्थिक भार परेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शुल्क वृद्धि खारेज गरेको हो।

अब स्वास्थ्य परीक्षण शुल्क पुनः ६ हजार ५०० रुपैयाँ नै कायम रहनेछ। यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै शुल्क वृद्धि गरेका थिए। त्यसबेला पनि विरोधका कारण कार्यान्वयन प्रक्रिया रोकिएको थियो। पछि पुनः बढाइएको शुल्कलाई अहिले फेरि मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार