CLI

आइतबार ९ कम्पनीले घोषणा गरे लाभांश, कुन-कुनको कति ?

काठमाडौं । कालिका लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार लघुवित्त, महुली लघुवित्त, सिवाईसी नेपाल, मिथिला लघुवित्त, रिलायबल नेपाल लाइफ इनस्योरेन्स, सूर्य ज्योति लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

जसमध्ये, कालिका लघुवित्तले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । त्यस्तै, ग्लोबल आइएमईले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यता, स्वरोजगार लघुवित्तले भने १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिंदैछ । मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सिवाईसी नेपाल लघुवित्तले सेयरधनीलाई गत वर्षको नाफाबाट १२.७६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

यता, रिलायबल नेपाल लाइफले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यसैगरी, सूर्यज्योतिले १३ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार