आइतबार १९.९२ अंकले घट्यो नेप्से

काठमाडौं । आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेको छ । बजार २५९५.१० अंकमा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ७० हजार ५ सय ७६ पटक कारोबार हुँदा १ करोड १२ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै,कारोबार रकम भने ४ अर्ब ४४ करोड ६६ लाख पुगेको छ ।

बिहीबारको तुलनामा यो रकम ७ करोड २६ लाख रुपैयाँले कम  हो । बिहीबार ४ अर्ब ५१ करोड ९२ लाख रुपैयाँको कारोबार भएको थियो ।

यसदिन, १२ वटा उप समुह घटेका छन् भने म्युअुचल फण्ड ०.१९ प्रतिशत बढेको छ । बैंकिङ ०.४७ प्रतिशत,   विकास बैंक १.४२, वित्त १.३८, होटल्स तथा पर्यटन समूह १.६३, जलविद्युत ०.८६, लगानी ०.६३, जीवन बीमा १.५२, उत्पादन र प्रशोधन ०.१०, लघुवित्त ०.६७, निर्जीवन बीमा ०.८०, व्यापार समूह १.०१ र अन्य समूह ०.४२ प्रतिशतले घटेको छ ।

एसवाई प्यानलको सेयर भाउ १० प्रतिशतले बढेको छ । सिटिजन्स बैंक डिबेञ्चर २०८६ को भाउ ९.८३ प्रतिशत र एसबिआई बैंक ऋणपत्र २०८९को ९.२१ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा रहेको छ। सो लघुवित्तको १३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको ११ करोड १९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने सन नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार