CLI

मिटरब्याज पीडित र भूमिहीनहरुको राजधानी मार्च-जायज मुद्दा सम्बोधन गर्न बाबुराम भट्टराईद्वारा ध्यानाकर्षण

काठमाडौं । आज  काठमाडौँमा मिटरब्याज पीडित र भूमिहीनहरुले राजधानी मार्च आयोजना गरेका छन् । उनीहरुले मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताविरुद्ध राजधानी मार्च गर्न लागेका हुन् ।

बिहान ११ बजेदेखि उनीहरुले मार्च पास शुरु गर्ने बताएका छन् । मार्चपास बल्खु–त्रिपुरेश्वर–शहीद गेट–शान्तिवाटिका पुग्ने तालिका छन । शान्तिवाटिकामा कोण सभा पनि आयोजना गरिएको छ ।

उनीहरुले २ बजे भूमि अधिकार आन्दोलन, नेपाल, लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाललगायतका जनसंगठनहरुको आन्दोलन मोर्चाबन्दीपछि प्रधानमन्त्रीलाई भेटेर मागपत्र बुझाउने तालिका सार्वजनिक गरिएको छ । उनीहरुले संयुक्त जनआन्दोलन घोषणा गर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी आधारभूत जनताका वर्षौँदेखि थाँति रहेका अत्यन्त जायज मुद्दा हुन् । सरकारको र सम्बन्धित सबैको बेलैमा ध्यान पुगोस् !’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार