काठमाडौं । पछिल्लो समय देशको निर्यात र आयात दुवै बढेको छ । भन्सार विभागक अनुसार चालु अर्थिक वर्ष २०८२\८३ को मंसिरसम्म निर्यात ५८.१७ प्रतिशत र आयात १५.८३ प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार मंसिरसम्म ७ खर्ब ६६ अर्ब १८ करोड आयात भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १५.८३ प्रतिशतले बढी हो । गत आवमा ६ खर्ब ६१ करोड १८ करोड रुपैयाँको सामान आयात भएको थियो ।
यता निर्यात भने ५८.१७ प्रतिशतले वृद्धि भएको छ । निर्यात १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ मात्र थियो।
यद्दपि, निर्यात बढेपनि व्यापार घाटामा रहेको छ । पहिलो ५ महिनामा व्यापार घाटा ६ खर्ब ४९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १०.५२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा ५ खर्ब ८७ अर्ब ८२ करोड बराबर व्यापार घाटा रहेको थियो ।
विभागका अनुसार मंसिरसम्मा कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री र स्मार्टफोनहरु सबैभन्दा बढी आयात भएको छ ।


