ग्लोबल आइएमई लघुवित्तले बोलायो पुस २९ गतेका लागि साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ।

सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ । त्यसैगरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार