CLI

५५ सयले बढ्यो सुन, प्रतितोला कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी माहसंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो ।

यस दिन चाँदी २० रुपैयाँले बढेको छ । बजारमा  चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News