काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचलनले राजीनामा दिएकी छन् । भट्टचनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन् ।
उनले दिएको राजीनामा पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् ।
बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ । करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।


