काठमाडौं । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा साना किसान विकास लघुवित्त र एनएमबि बैंकको मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको मंगलबार अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
साना किसान बिकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्यमा समायजना हुँदा ७७१.९९ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८८२ रुपैयाँ आधार मानेर भाउ समायोजना भएको छ ।
यता, एनएमबि बैंकको ५ प्रतिशत मा बोनस सेयरमा मूल्यमा समायजना हुँदा २४२.७६ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २५२.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजना भएको छ ।कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर बुधबार कारोबार खुला हुनेछ ।


