काठमाडौं । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले ३ जनाको स्थानहद फुकुवा गरेको छ । मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो । उनीहरुले यसअघि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था गरिएको थियो । सोही व्यवस्था फुकुवा गरिएको हो ।



