काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को साधारण सभा ४९औं साधारणसभा पुष ९ गते नै हुने जनाएको छ । नाडाले आफ्नो साधारणसभा विधान तथा कानुनी प्रावधानअनुसार निर्धारित मितिमा नै सञ्चालन हुने पुनः स्पष्ट पारेको हो
नाडाले निर्धारित समयमा साधारणसभा नहुने भन्ने समाचार भ्रम पूर्ण र निराधार रहेको जनाएको छ ।
नाडाले यो संस्था नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको र सबै सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिताका अणुरोध गरेको छ ।

