काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालकि धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।
गत साता भारतबाट उपचार सकेर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन् ।
उनी गत भदौ २४ गते भएको जेजी आन्दोलनको क्रममा झलनाथ खनालको घरमा आन्दोलनकारीले आगो लगाउदा जलनमा परेकी थिइन् । उनलाइ लामो समय भारतमा उपचार गरिएको थियो ।
उनी यहि हप्ता भारतमा उपचार पश्चात नेपाल फर्किएकी छन् ।

