राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै  निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ ।

आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

कोशी प्रदेशमा भीमराज प्रसाई, मधेशमा शुभनाथ पुरी, वाग्मतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमाल बेल्वासे, लुम्बिनीमा प्रकाशराज पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई नियुक्त गरिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त १९ पदमा निर्वाचन हुँदैछ ।

निर्वाचन कार्यक्रमअनुसा यही पुस १९ गते बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २३ गते बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १०:०० बजेदेखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १:०० बजेदेखि दिउँसो २:०० बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १०:०० बजेदेखि दिउँसो १:०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्बन्धित मतदान केन्द्रमा बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार