CLI

१.३७ अंकले बढ्यो नेप्से, साढे २० करोड रुपैयाँले घट्यो कारोबार रकम

काठमाडौं । बुधाबार नेप्से परिसूचक १.३७ अंकले बढेको छ । बजार २५८५.८७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३४ वटा कम्पनी ६२ हजार ७६८ पटक कारोबार हुँदा ७२ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँ पुगेको छ । मंगलबार को तुलनामा यो रकम २० करोड ५२ लाखले घटेको छ । मंलबार कारोबार रकम ३ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ थियो ।

यस दिन ६ वटा उप समुह बढेका छन् भने ७ वटा घटेका छन् । बैंकिङ ०.५२ प्रतिशत, होटल्स तथा पर्यटन समूह ०.३६, , उत्पादन र प्रशोधन ०.११,म्युअुचल फण्ड ०.४५,निर्जीवन बीमा ०.८७, र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छन् । विकास बैंक ०.८५, वित्त ०.५५ , जलविद्युत ०.२९, लगानी ०.०४, जीवन बीमा ०.०७ लघुवित्त ०.१६, अन्य समूह ०.२७ प्रतिशतले घटेका छन् ।

यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था ५.३२ प्रतिशतले बढेको छ। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी ४.२६  र हिम स्टार उर्जा ४.१९ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा  एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै,  मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ भने तेह्रथुम पावर कम्पनीको कारोबार ९ करोड ५७ लाख रुपैयाँको भएको छ।

Leave Your Comment

Related News