काठमाडौं । सोर्स कोड प्रालिको प्रमुख उत्पादन स्मार्ट वेल्थ प्रोले आफ्नो सफल यात्राको ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षमा स्मार्ट वेल्थ प्रोले नेपाली पूँजी बजारका लगानीकर्तालाई सशक्त बनाउँदै, डाटा–आधारित र प्रविधिमैत्री लगानी निर्णयमा महत्वपूर्ण भूमिका खेलेको छ ।
सुरुवातदेखि नै स्मार्ट वेल्थ प्रोले जटिल शेयर बजार तथ्यांकलाई सरल र प्रयोगमैत्री बनाउँदै लगानीकर्तालाई सूचित निर्णय लिन सहयोग गर्दै आएको छ । प्लेटफर्मले आधारभुत र प्राविधिक विश्लेषणलाई एकीकृत गर्दै खुद्रा लगानीकर्ता, ट्रेडर तथा बजार विश्लेषकहरू माझ विश्वासिलो पहिचान बनाएको कम्पनीले जनाएको छ ।
स्मार्ट वेल्थ प्रोमा प्राविधिक चार्ट, एआई आधारित खरिद/बिक्री संकेत, पोर्टफोलियो ट्र्याकिङ, कम्पनी वित्तीय तुलना, स्टक हिटम्याप, म्युचुअल फन्ड विश्लेषण तथा दैनिक कारोबार तथ्यांकमा आधारित रियल-टाइम सूचनाजस्ता सुविधाहरू उपलब्ध छन्। यी सुविधाले लगानीकर्तालाई बजारको चाल छिटो बुझ्न र सही समयमा निर्णय लिन सहयोग पुर्याएको छ।
यस अवसरमा सोर्स कोडले स्मार्ट वेल्थ प्रोको पाँच वर्षे उपलब्धि कम्पनीको पूँजी बजारमा पारदर्शिता, प्रविधि र वित्तीय साक्षरता प्रवर्द्धन गर्ने दीर्घकालीन प्रतिबद्धताको परिणाम भएको जनाएको छ । आगामी दिनमा पनि नयाँ प्रविधि र नवीन सुविधामार्फत प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको छ ।
५औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट वेल्थ प्रोले सबै नयाँ तथा विद्यमान सब्स्क्राइबरहरूका लागि ३५% विशेष छुट उपलब्ध गराएको छ । यो छुट प्राप्त गर्न प्रयोगकर्ताले प्रोमो कोड: SWP2026 प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ । https://app.smartwealthpro.com/account/register
यस अवसरमा कम्पनीले स्मार्ट वेल्थ प्रोको पाँच वर्षे उपलब्धि कम्पनीको पूँजी बजारमा प्रविधि, पारदर्शिता र वित्तीय साक्षरता अभिवृद्धि गर्ने दीर्घकालीन प्रतिबद्धताको प्रतिफल भएको जनाएको छ । आगामी दिनमा थप नवीन सुविधाहरू र प्रविधि समेट्दै प्लेटफर्मलाई अझ प्रभावकारी बनाउँदै लैजाने कम्पनीको योजना रहेको छ ।

