आईपीओ निष्कासनको माग गर्दै केबी एग्रो धितोपत्र बोर्डमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा केबी एग्रो एण्ड रिसर्च कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले कार्तिक २७ मा बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १० करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको १० लाख ९७ हजार २ सय ५० कित्ता सेयर निष्काशनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार