चुनावि तालमेलको बिषयमा रास्वपासँग छलफल भएको छैन _ प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले  रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको  जनाएका छन् । आज बिहान उनको सचिबालयबाट एक सन्देश प्रवाह गर्दै यो समाचार असत्य भएको र यस्ता समाचारको भ्रममा नपर्न भनेका छन् ।

उनको सचिबालयले भनेको छ “यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगलेप्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।“

केही समय अघि देखि रास्वापा सँग चुनावी तालमेलमा  प्रचणडको गतिबिधि बढेको भनेर समाचार माध्यममा समाचार आउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार