काठमाडौं । नेपाली व्यवसायीहरुले अर्बोको विद्युतीय सवारी साधानको आयात गरेका छन् । यो सँगै नेपालमा विद्युतीय सवारीको आयात बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को ५ महिनामा ८ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको ईभी कार, जीप, भ्यान आयात भएको छ । गत महिनाको तुलनामा यो रकम १ अर्ब ४० करोड ६० लाख रुपैयाँले बढी हो । ती सवारी आयातबाट ५ अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ सरकारलाई राजस्व तरेको हो ।
चालु आवको ५ महिनामा सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको सवारी आयात भएको छ। विभागका अनुसार ५१–१०० किलोवाटको २ हजार १६४ वटा सवारी आयात भएको छ, जसको मूल्य ५ अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ रहेको छ।
सबैभन्दा कम २०१–३०० किलोवाटको ५ वटा सवारी आयात भएका छन्। जसको मूल्य ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको छ। ५० किलोवाटसम्मका सवारी १ हजार २१५ वटा आयात भएका छन्। यसको मूल्य २ अर्ब ७ करोड ३२ लाख ५७ हजार रुपैयाँ रहेको छ।
विद्युतीय सवारीको आयात नेपालमा चीन, भारत, थाइल्यान्ड, बेलायत, जर्मनी, कोरिया र अमेरिकाबाट हुनेगरेको छ। चीनबाट सबै बन्दा बढी आयात भएको छ। यस देश बाट २ हजार ६२३ वटा विद्युतीय सवारी भएको छ ।
५० किलोवाटको सवारी चीनबाट ७०२ र भारतबाट ५१३ वटा आयात भएको छ। यस्तै १०१–२०० किलोवाट क्षमताका सवारी चीनबाट ३८२, भारतबाट १४, बेलायतबाट १०, जर्मनीबाट ६ र कोरियाबाट २ वटा आयात भएको छ। ५१–१०० किलोवाट क्षमताका सवारी चीनबाट १ हजार ५३९, थाइल्यान्डबाट ३३१, भारतबाट २९३ र बेलायतबाट १ वटा आयात भएको छ। २०१–३०० किलोवाट क्षमताका सवारी चीनबाट ४ र अमेरिकाबाट १ वटा आयात भएको विभागले जनाएको छ।
त्यसैगृरि एसेम्बल नगरेको ५० किलोवाटको ईभी कार, जीप, भ्यान भारत बाट २ वाट आयात भएको छ । सो सवारीको आयात मूल्य २३ लाख ९७ हजार रहेको छ ।

