चुनावी वातावरण बनाउन भन्दै सञ्चार मन्त्री नेताको दैलोमा

काठमाडौं ।  गत भदौ २३ र २४ गते भएको जेनजीको अगुवाइमा भएको आन्दोलन पश्चात तात्कालिक प्रधानमत्री केपी शर्मा ओलीले राजिनामा दिए पछि सुसिला कार्कीको नेतृत्वमा आन्तरिम सरकार बनेको हो । आन्तरिम सरकारले आन्दोलनको माग बमोजिम प्रतिनिधिसभा बिघटन गरेर फागुन २१ मा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ ।

चुनावी वातावरण बनाउन सरकारले पहल गर्न थालेको छ । सरकारको स्पस्ट कार्यादेश चुनाब गराएर निर्बाचित सरकारलाई सत्ता हस्तान्तरण रहेको छ । सरकार शुरुमा आफ्नो इगोको रुपमा प्रस्तुत भएपनि चुनाबी वातावरण निर्माण गर्न सकृय  हुन थालेको छ । आजको ६१ औं दिनमा चुनाब निर्धारण  गरिएको छ ।

तात्कालिन मुख्य राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले यथास्थितिमा चुनाव हुननसक्ने चुनावको वातावरण सरकारले गर्नु पर्ने बताउदै आएका छन् । यहि कारण सरकराकका प्रवक्ता तथा सञ्चार मन्त्री राजनीतिक दललाई सरकारले चुवाबको बाताबरण बनाईरहेको छ भन्ने विस्वास दिलाउन राजनीति पार्टि कार्यालय अनुगमन सहित शीर्ष नेतृत्वलाइ भेट गरिरहेका छन् ।

प्रधानमन्त्री शुशीला कार्कीले आफु प्रधानमनत्री नियुक्त भएको शुरुमा राजनीतिक दलका शीर्ष नेतृत्वको मुख नहेर्ने भने पनि उनको अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडेलले बिगतको निर्बाचनको मत परिणामको आधारमा ठुला दल नेपाली कांग्रेस, नेकपा(एमाले) तात्कालिन माओवादी हाल बिभिन्न घटकलाई एकता गरेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेतासँग बैठक गरेकी छन् । राष्ट्रपतिको मा भएको छलफल पश्चात दलको बिस्वास लिन र चुनावी वाताबरण निर्माण गर्न सरकारले आफै शिर्ष नेतासँग बैठक गर्ने भन्ने छलफल भएको थियो सिहि बमोजीम सञ्चार मनत्री शीर्ष नेताकोमा प्रधानमन्त्रीको दुतको रुपमा निम्ता बाँड्न पुगेका हुन् ।

मन्त्री जगदीश सँगको बार्तामा नेपाली कांग्रेसको प्रमुख प्राथमिकता चुनाव भएकोले चुवाबी वातावरण निर्माग गर्न देउवाले भनेका छन। उनी देउवासँगको भेट पश्चात अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षसँगको बार्तामा रहेका छन् । नेकपा एमालेले आफ्नो बटम लाईन आजको दिनमा चुनाबको बातबरण नभएकोले संसदको पुनस्थापना र यो सरकारलाइ असंवैधानिक भनेर संसद मार्फत बैधानिक सरकारको माग गरेको छ ।

सञ्चार मन्री खरेल कांग्रेस सभापति शेर बादुर देउवाको निवासमा भेट गरि नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीलाइ भेट्न ओलि निबास गुण्डु पुगेका थिए । गुण्डुमा उनको के छलफल भयो उनले र एमाले अध्यक्ष ओली दुबैले बताएका छन् । गुण्डुबाट उनी सिधै नेपाली कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्प कमल दाहाललाई भेट्न प्रचण्ड निबास हात्तिबन पुगेका छन्।

नेकपा एमाले संसद पुनस्थापना, जनजीबिकाको सवाल, लाइ लिएर सडक संघर्षका कार्यक्रम लिएर सडकमा छ । सडमा भएपनि नेकपा एमाले चुनावी तयारी पनि सँगसँगै तिब्रतामा लागेको छ । एमालेले  सरकारले चुनावी बाताबरण बनाए आफु चुनादबाट नभाग्ने र चुनाब मार्फत स्पस्ट बहुमत ल्याउने दाबी गरेको छ ।

प्रधानमन्त्री शुसीला कार्की आफु अचानो भएको सार्वजनिक अभिब्यक्ति दिएकी छन् उनले राजनीतक दलले पनि सरकार छोड् बन्ने जेनजीले पनि सरकार छोड् भन्ने गरेर आफुलाई अचानोमा पारेको बताएकी छन् । उनले आफुले छोड्दा दिएको त सकिनस भन्ने अपजस आउने पनि बताईन ।

तात्कालिक माओबादीले तोकिएको समयमा चुनाव नभए संदस पुनस्थापना बिकल्प भनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार