निर्जीवन बिमा कम्पनीहरुद्वारा ५ महिनामा साढे १९ अर्ब रुपैयाँ बिमा शुल्क संकलन, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले ५ महिनमा ११ लाख ६२ हजार १९६ बिमालेख जारी गर्दै साढे १९ अर्ब रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार आर्थिक वर्ष २०८२\८३ मंसिरसम्मा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख बिमा शुल्क संकलन गरेका हुन् ।

१४ बिमा कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै बिमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनीले मंसिरसम्म १ लाख ७ हजार ९२० वटा बिमालेख जारी गर्दै २ अर्ब २१ करोड ९२ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेका छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड ५ लाख र हिमालयन एभरेष्टले २ अर्ब ७० लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको हो । ४ लघु बिमामध्ये नेपाल माइक्रोले ४५ हजार ६२ वटा बिमालेख बिक्री गर्दै १३ करोड ३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रोले १३ करोड २१ लाख रुपैयाँ, ट्रस्ट माइक्रोले १२ करोड ६० लाख र स्टार माइक्रोले भने १० करोड ७४ लाख रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार