CLI

राजनीतिमा नयाँ र पुराना हैन,एजेण्डा र गन्तव्यको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना हैन एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरेका छन्।
आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो । पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैं जीवन्त र सान्दर्भिक हुने बताएका हुन्। आफ्नो पार्टी यी दुवै कुरामा सधैं अब्बल रहेको उनले उल्लेख गरेका छन् । ‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो’ ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ । एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् । ’
नयाँका नाममा चर्चामा आएका रवी,वालेन,हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ । पोखरेलले सामाजिक सञ्जालमा लेखेको पूर्ण पाठ यस्तो छ ः
राजनीतिमा नयाँ र पुरानो(निरर्थक बहस
नेपाललाई समेत वंग्लादेश जस्तै बनाउन हिडेकाहरु असफल हुदैगएपछि पुराना पार्टीलाई हराउन नयाँहरु मिल्नुपर्छ भन्ने धारणा अघि सार्न खोज्दैछन्। राजनीतिमा पुरानो र नयाँ भन्नुको कुनै अर्थ हुदैन । त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुन्छ । नीतिविहिन र एजेण्डा विहिनहरुलाई नयाँको पगडी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम मात्र हो ।
वास्तवमा पार्टीहरुको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा पार्टी सधैं जीवन्त र सान्दर्भिक रहन्छन्। त्यसैले लामो इतिहास भएका राजनीतिक दलहरु समेत कहिल्यै ‘पुराना’ हुँदैनन्। किनकी उनीहरु समय अनुसार अद्यावधिक भइरहन्छ । जुन राजनीतिक दल समयअनुकूल चल्न सक्दैनन्, तिनै दलहरु मात्र समाप्त हुन्छन्।नेपाली राजनीतिमा यस्ता दृष्टान्त पर्यप्त छन् ।
तर नेकपा ९एमाले० नेपालका राजनीतिक दलहरूमध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो। यससँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। नेकपा९एमाले०को यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरूले नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन्।
नेपाली राजनीतिका लागि को नयाँ रु रवी, वालेन, हर्क साम्पाङ वा कुलमान रु उनीहरु सबै नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै हिसावले परिक्षण भइसकेका पात्र हुन् । जहाँसम्म जेन्जीका नाममा चर्चित बनेको जेन जेड समुहको सन्दर्भ छ, यो कुनै संगठित शक्ति होइन, यो एउटा उमेर समूह मात्र हो। जो सूचना र प्रविधिको विकाससंग हुर्कियो । यो समूहलाई जननिर्वाचित सत्ताका विरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पूँजीवादी साम्राज्यवादीहरु बनाएको सोच हो । डिपस्टेटको अवधारणा जननिर्वाचित सत्ता र जनतामा भिजेका नेताहरुलाई कमजोर बनाउनका लागि षडयन्त्रको सिद्धान्तको प्रयोग गरेर कथित कलर रिभ्युलुसनका नाममा विद्रोहको कोशिस गर्ने गरिन्छ । नेपालका सन्दर्भमा जेन्जी अभियानकर्ताहरुले सुरुगरेको प्रदर्शनमा घुषपैठ गराएर त्यही दिशामा अघि वढाउने कोशिस भइरहेको कुरा साँचो हो ।
तर नेपाली समाज र नेपालका नवयुवाहरुको ठुलो हिस्साले छोटो समयमा त्यस षडयन्त्रलाई वुझ्न सफल भए ।भाद्र २३ को प्रदर्शनका अभियानकर्ताहरुनै अहिले षडयन्त्रका विरुद्धको प्रतिवादका लागि नेकपा९एमाले०को नेतृत्वसंग निरन्तर सम्वादमा छन् । वास्तवमा भन्ने हो भने चौतर्फी घेरावन्दीका वावजुत नवयुवाहरुका बीचमा अहिले पनि नेकपा (एमाले) नयाँ भनिनेहरु भन्दा लोकप्रिय छ ।
पछिल्लो समयमा देशविरुद्ध भइरहेका षड्यन्त्रहरूका वारेमा नवयुवाहरुले जतिजति वुझ्न थालेका छन् उनीहरु त्यतिनै नेकपा(एमाले) प्रति प्रतिवद्ध देखिन थालेका छन् । उनीहरुले नेकपा (एमाले) र यसको नेतृत्व देशका लागि अपरिहार्य रहेको महसुस गर्न थालेका छन्। पछिल्लो समय पुरानाका विरुद्धमा नयाँहरुलाई जसरी पनि मिलाउने कोशिस त्यसकै परिणाम हो । तर अव त्यसको कुनै सान्दर्भिकता देखिदैन ।

Leave Your Comment

Related News