काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा बिहान १० बजेदेखि झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो ।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकको वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन र तोकिएकै समयमा चुनाव गराउने विषयमा दुवै पक्षबिच विचार–विमर्श भएको जनाइएको छ।

