CLI

कालिका रिफाइनरीले  बेच्यो ४ अर्बको तेल

काठमाडौं । कालिका रिफाइनरीले एक वर्षमा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ९ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९५ प्रतिशतले व्यापार बढेको हो ।सन् २०१९ मा स्थापना भई सन् २०२१ बाट व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गरी तेल उत्पादन गर्दै आएको छ ।

कम्पनीले सनफ्लावर तेल, सोयाबिन, पामोलिन र तोरीको तेल प्रशोधन गर्दै आएको छ । कम्पनीले दैनिक एक सय मेट्रिक टन क्षमतामा उत्पादन गरिरहेको छ । कम्पनीले अम्बे र एग्रो गोल्ड ब्रान्डमा आन्तरिक बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कालीकाले सन् २०२४ मा ५.४४ प्रतिशत नाफा कमाएको थियो । सन् २०२५ मा कुल व्यापारको ८.५८ प्रतिशत नाफा कमाएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ९७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

Leave Your Comment

Related News