काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र ठुला तीन दलका शीर्ष नेता बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन र दललाई बिस्वासमा लिन भनेर बिघटित प्रतिनिधिसभाका तीन ठुला दलका शिर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र तात्कालिक नेकपा (माओबादी) अहिले बिभिन्न बाम घटक एकता भइ बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्प कमल दाहाल प्रचण्डसँग छलफल गर्न लागेकी सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारकका प्रवक्ता जगदीश खरेलले इक्वीटी नेपाललाई बताए ।
निर्बाचन गर्न र निर्बाचनको बाताबरण निर्माण गर्न प्रधानमन्त्रीले नै अग्रसरता लिनु पर्ने थियो । बिगतमा उनले यो भुमिका निर्बाह गर्न चुकेपनि ढिलै भएपनि उनले पहल लिन लागेकी छन। उनी प्रधानमन्त्री नियुक्त हुने बित्तिक्कै शीर्ष नेताको अनुहार नि नहेर्ने भन्ने अभिब्यक्ति दिएकी थिईन । उनको त्यो अभिब्यक्तिले दल र सरकारको दुरी बढेको थियो ।

