CLI

तेह्रथुम पावर कम्पनीले लालुपाते हाइड्रोपावरमा लगानी गर्ने, १ लाख किता सेयर किन्ने निर्णय

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लालुपाते हाइड्रोपावर कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले निमार्णाधिन दाना खोला जलविद्युत आयोजना (४९.९५ मेगावाट) को सेयर खरिद गर्ने योजना बनाएको हो। पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले १०० अंकित दरका १ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको छ।

लालुपाते हाइड्रोपावरले विद्युत विकास विभागबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ र २०८० फागुन २१ देखि २११५ वैशाख २० सम्मको उत्पादन अनुमति पत्र पनि प्राप्त भइसकेको छ। आयोजना २०८४ कार्तिक ५ गतेभित्र व्यापारिक उत्पादन सुरु गर्ने योजना रहेको छ। यो आयोजना मनाङ्ग जिल्लाको नासो गाउँपालिकामा निर्माणाधीन छ।

Leave Your Comment

Related News