काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाहिरी चुनौती थपिएको बताएका छन् ।
रामाजिक सञ्जालमा लेख्दै उनले बाह्यय चुनौती बढेको टिप्पणी गरेका हुन्।
‘बाह्यय चुनौती बडिरहेको छ। जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक एकता बलियो बनाऔँ। राष्ट्र र जनताका एजेण्डा बोकौँ। बिगतका कमजोरीप्रति आत्मालोचित होऔँ। विनम्र बनौँ। कार्यशैली सुधार गरौँ।’
भट्टराई एमाले महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली इतरको खेमाबाट उपमहासचिवमा विजयी भएका नेता हुन्।

